सुनको मूल्यमा पुनः नयाँ रेकर्ड, ताेलामा कति?

नेपाली बजारमा बुधबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ।

सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै,चाँदीको मूल्य पनि बुधबार बढेको छ। मंगलबार प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोवार भएको चाँदी आज ४० रूपैयाँले बढेर १ हजार ९ सय ५५ रूपैयाँमा कोरोवार भैइरहेको छ।

प्रकाशित मिति: : 2024-09-25 11:47:00

प्रतिकृया दिनुहोस्