एनएसटीका प्रवक्ता पौड्याल नेतृत्वकाे टोलीद्वारा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजुसँग औपचारिक भेट

टेक्ससमा नेपालीहरुका लागि नेपाल सरकारको कन्सुलर अफिस स्थापनाको गर्न नेपाली समाज टेक्सस(एनएसटी) का प्रवक्ता किरण पौड्यालको नेतृत्वमा टेक्ससको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग औपचारिक भेट गरेकाे छ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले टेक्ससमा नेपाल सरकारको कन्सुलर अफिस स्थापनाको लागि आफू सकरात्मक रहेको बताए।

‘तपाईंहरु पहिलेदेखि प्रक्रियागत रुपमा आउनुभएको भए राम्रो हुने थियो। टेक्ससको सबै वस्तु स्थिति थाहा भयो। यस विषयमा म सकारात्मक छु’, भेटमा प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीलाई भेटेर दिएको साझा ज्ञापनपत्रमा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटा, नेप्लिज एसोसियसन अफ ह्युस्टनका बरिष्ठ उपाध्यक्ष द्रोण गौतम, ग्रेटर अस्टिन नेप्लिज सोसाइटीका अध्यक्ष बिधुर खतिवडा, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अमेरिकाज क्षेत्रका प्रमुख बेद बस्नेत, नेपाली जनसम्पर्क समिति अमेरिका डि.एफ.डब्लु च्याप्टरका अध्यक्ष ज्ञानेद्र राज कार्की, प्रवासी नेपाली मन्च टेक्सस राज्य कमिटीका अध्यक्ष राजु नेपाल, पानस नेपालका अध्यक्ष रबि रावल, जन प्रगतीशील मन्चका अध्यक्ष राजु सुवेदी, प्रवासी नेपाली एकता मन्चका अध्यक्ष शंकर पन्तको हस्ताक्षर रहेको थियो।

एनएसटी.का प्रवक्ता किरण पौड्यालले टेक्सस अमेरिकन एयरलाइन्सको हब रहेको लगायतका विषयमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई ब्रिफिङ गरेका थिए। 

प्रकाशित मिति: : 2024-09-25 15:02:00

प्रतिकृया दिनुहोस्