अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले इरानबाट आफूमाथि ठूलै खतरा रहेको दाबी गरेका छन्।
उनको चुनावी अभियानका अनुसार अमेरिकी गुप्तचर निकायले इरानले ट्रम्पमाथि घातक आक्रमण गर्नसक्ने खोजिम रहेको सूचना दिएको छ।
यसअघि चुनावी अभियानकै क्रममा उनीमाथि दुईपटक आक्रमण भइसकेको छ। एउटा आक्रमणमा उनको कानमा गोली लागेको थियो। अर्को प्रयास पनि असफल भएको छ।
ट्रम्पमाथि आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।