धरौटी बुझाएर छुटे ढाकाकुमार

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्काशित पूर्वसांसद ढाकाकुमार श्रेष्ठ ७५ हजार धरौटी बुझाएर थुनामुक्त भएका छन्।  

भदौ २७ गते लागुऔषधका रुपमा सूचीकृत प्रतिबन्धित औषधि  टापाटाडोलकाे कारोबार आराेपमा प्रहरीले उनलाई पक्राउ गरेकाे थियो। पोखरामा उनले फार्मेसी चलाउँदै आएका छन्। 

कास्की जिल्ला अदालतले उनलाई ७५ हजार धरौटीमा छोड्न आदेश दिएकाे हाे। बुधबार अदालतकाे आदेशपछि उनी धरौटी बुझाएर थुनामुक्त भएका हुन्। 

लागु औषधसहित पक्राउ परेका एकजना युवककाे बयानका आधारमा प्रहरीले उनलाई पक्राउ गरेकाे थियाे। बयान दिने ती युवकलाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाएकाे छ। 

मन्त्री तथा सांसद हुनका लागि पार्टीले पैसा मागेकाे अभिव्यक्ति दिएपछि उनलाई रास्वपाले पार्टीबाट निस्काशन गरेकाे थियाे।

प्रकाशित मिति: : 2024-09-26 19:34:00

प्रतिकृया दिनुहोस्