वर्षाले देशका विभिन्न १६ स्थानमा चेतावनीको तह पार गरेको छ। चेतावनीको तह पार गर्ने ठाउँहरू मध्ये धेरै कोशी प्रदेशमा रहेका छन्। साथै लुम्बिनीको पाल्पा जिल्ला र मधेश प्रदेशको सप्तरी जिल्लामा पनि वर्षाले चेतावनी तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यो समाचार तयार पार्दै गर्दा (साढे १२ बजे) कोशी प्रदेशका विभिन्न १४ वर्षा मापन केन्द्रमा अत्यधिक वर्षा भएको रेकर्ड भएको छ।
जसमा मोरङको हरैचा, बाहुनी, बिराटनगर एयरपोर्ट रहेका छन्। यस्तै झापाको गौरदह, चन्द्रगढी एयरपोर्ट, सिस्ने, बाहुनडाँगी, केचना, शनिश्चरे, अनारमनी रहेका छन्।
यसैगरी उदयपुरको सुन्दरपुर, इलामाको कनकाई, सप्तरीको बरमझरिया र पाल्पाको जल्पा र अर्चले मापन केन्द्रहरूमा अत्यधिक वर्षा मापन भएको छ।
निरन्तरको झरीले अहिले ठाउँ–ठाउँमा सडक अवरुद्ध भएको छ भने यो वर्षा आइतबारसम्म निरन्तर हुने मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ।