बिहीबार साँझदेखिको अविरल वर्षापछि आएको बाढीले देशभरका २१ नदीमा खतराको तह पार गरेको छ।
शनिबार बिहान साढे १० बजेको विवरणअनुसार २१ नदीमा जल सतहले खतराको तह पार गरेपछि साइरन बजाइएको छ।
खतराको तह पार गर्ने नदीहरूमा धेरैजसो कोशी र बागमती प्रदेशमा रहेका छन्।
जसमा भोटेकोसी, सुनकोशी, तमोर, सप्तकाशी, बागमती, मनोहरा, नारायणी, राप्तीलगायत रहेका छन्।
कुन नदीको अवस्थाको कस्तो थहा पाउन यहाँ क्लिक गर्नुहोस्–