दुई संसदीय समितिको बैठक बस्दै

आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ।

जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ।

बैठकमा दिगो एवम् विपद् संवेदनशील पूर्वाधार विकासको बारेमा छलफल तथा योजनाबद्ध शहरीकरण तथा बस्ती विकासको बारेमा छलफल हुनेछ।

त्यस्तै बिहान साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।

प्रकाशित मिति: : 2024-10-21 08:15:00

प्रतिकृया दिनुहोस्