पार्टी सभापति रवि लामिछाने पक्राउकाे विराेधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)ले आज (साेमबार) पनि पाेखरामा प्रदर्शन जारी राख्ने भएकाे छ।
शनिबारदेखि जारी प्रदर्शन आज पनि जारी रहने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले बताए। उनका अनुसार देशका विभिन्न ठाउँबाट कास्कीमा आएका कार्यकर्ताहरुलाई अपराह्न १२ बजे पृथ्वीचाेकमा उपस्थित हुन भनिएकाे छ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले शुक्रबार लामिछानेलाई पक्राउ गरेपछि सरकारले प्रतिशाेध साँधेकाे भन्दै रास्वपा कार्यकर्ता र रविका समर्थकहरुले विराेध गरिरहेका छन्। यद्यपि, रास्वपा कार्यकर्ताहरुले उग्रता प्रदर्शन गरेपछि पाेखरा महानगरपालिका शहीदचोक र गैह्रापाटन क्षेत्रमा आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञ जारी गरेकाे छ।
तर, महानगरकाे निषेधाज्ञ ताेड्दै रास्वपा कार्यकर्ताले आइतबार प्रदर्शन गरेका थिए। त्यसक्रममा प्रहरीले केहीलाई पक्राउ समेत गरेकाे थियाे।
नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूराे (सिआइबी)ले रविलाई शुक्रबार पार्टी केन्द्रीय कार्यालय च:मतीबाट पक्राउ गरेर कास्की प्रहरीमा बुझाएसँगै रास्वपाका केन्द्रीय नेता तथा विभिन्न जिल्लाका कार्यकर्ता पाेखरामा भेला भएका छन्।
जिल्ला अदालत कास्कीले भने रविलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएकाे छ। याेसँगै रवि बुधबारसम्म यही अनुमतिमा हिरासत रहनेछन्। त्यसपछि आवश्यकता अनुसार अनुन्धानका लागि रविलाई ९० दिनसम्म हिरासतमा राख्ने सक्नेछ।