गण्डकी प्रदेशको वन तथा वातावरणमन्त्रीमा भेषबहादुर पौडेल नियुक्त भएका छन्।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङका कांग्रेस सांसद पाैडेललाई सोमबार वन मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
यसअघि स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको थियो। तर मनाङेले वन मन्त्रालयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए। त्यसपछि यो मन्त्रालय खाली रहेकाे थियो।
पाैडेललाई आजै पद तथा गोपनीयताको शपथ खुवाउने तयारी रहेकाे छ।