बालुवाटारमा सत्तारुढ दलकाे बैठक

फाइल तस्बिर
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलकाे बैठक बाेलाएका छन्।

सरकारी निवास बालुवाटारमा अहिले ९ बजेका लागि प्रधानमन्त्रीले बैठक बाेलाएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

बैठकमा सरकारका काम कारबाही, पछिल्लाे राजनीतिक घटनाक्रमका विषयमा र अध्यादेशबारे छलफल हुने बताइएकाे छ।

त्यस्तै प्रधानमन्त्रीले आजै दिउँसाे सरकारका सय दिनकाे उपलब्धि सार्वजनिक गर्दैछन्।

प्रकाशित मिति: : 2024-10-23 08:47:00

प्रतिकृया दिनुहोस्