कालिकोट जिप दुर्घटना: घाइतेको हेलिकप्टरमार्फत उद्धार

Break n Links
Break n Links

कालीकोटको पलाँता गाउँपालिका-३ राडुनेटामा जिप दुर्घटनामा परी घाइते भएकाकाे हेलिकप्टरमार्फत उद्धार गरिएकाे छ।

सुर्खेतबाट गएकाे सेनाकाे हेलिकप्टरमार्फत घाइतेको उद्धार गरी सुर्खेत पठाइएकाे गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैसीले बताइन्छ। 

उनकाअनुसार पहिलाे चरणमा हेलिकप्टरबाट ७ जनाकाे उद्धार गरिएकाे छ भने अर्को चरणमा ७ जनाकाे उद्धार गर्ने तयारी भएकाे छ। जुन स्थानीयबाट प्राप्त भएकाे विवरणअनुसार उनले जानकारी गराएकी हुन्। 

उनले आफू घटनास्थलमा  नभएकाे र प्राप्त जानकारी अनुसार अहिलेसम्म ६ जनाकाे मृत्यु भएकाे पुष्टि भइसकेकाे बताइन्। तर एकीन विवरण के हाे भन्नेमा थाहा नभएकाे उनकाे भनाइ छ।

यसअघि प्रमुख जिल्ला अधिकारीले स्थानीयकाे जानकारी अनुसार १० जनाकाे मृत्यु भएकाे बताएका थिए। जिल्ला प्रहरी कार्यालय कालिकाेटसँग भने अहिले सम्पर्क हुन सकेन।

घाइते र मृतककाे अहिलेसम्म परिचय खुलेकाे छैन। तर दुर्घटनामा पर्नेमा पलाँता गाउँपालिका वडा नम्बर ५ का स्थानीय धेरै रहेकाे बताइएकाे छ। 

आइतबार दिउँसाे साढे २ बजे कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बलोरो जिप सडकदेखि करिब ५०० मिटर तल खसेर दुर्घटनामा परेकाे थियाे।

घटनास्थलमा प्रहरी र स्थानीयले उद्धारकाे काम गरिरहेका छन्। 

प्रकाशित मिति: : 2024-11-10 17:27:00

प्रतिकृया दिनुहोस्