बागलुङमा पिकअप भ्यान दुर्घटना, चालकसहित पाँच जनाकाे मृत्यु

फाइल तस्बिर
फाइल तस्बिर

बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित पाँच जनाकाे मृत्यु भएकाे छ।

जैमिनी नगरपालिका– ८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग२च ९२४७ नम्बरकाे पिकअप भ्यान साेमबार बिहान जैमिनी– ७ जैदीको व्यार्थला नजिकै दुर्घटनामा परेको हो।

मृत्यु हुनेहरुमा जैमिनी नपा– ८ केवई बस्ने  जिप चालक ३८ वर्षीय महेन्द्र पुन,  सोही ठाउँ बस्नेहरु २० वर्षीय रश्मी श्रीष,  ५० वर्षीय नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुल प्रसाद श्रीष रहेका छन्।

भ्यान सडकबाट सय मिटर तल खसेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: : 2024-11-11 10:26:00

प्रतिकृया दिनुहोस्