नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड–ट्रंकलाइन विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ दिएका छन्।
केही समय पहिले प्रधानमन्त्री ओलीले उद्याेगमा लाइन काटेर धरासायी बनाउन नदिइने बताएका थिए। प्रधानमन्त्रीप्रति इंकित गर्दै घिसिङले आफूहरूले उद्याेगलाई सधैं सहज बनाउने काम गरेकाे भन्दै धरासायी बनाउने काम प्राधिकरणले नगर्ने बताए।
उनले बुधबार पत्रकार सम्मेलन गर्दै विश्वमै कम शुल्कमा प्राधिकरणले उद्याेगलाई विद्युत दिएकाे भन्दै प्राधिकरण उद्याेगीकाे पक्षमा भएकाे बताए।