वाइडबडी विमान खरिद प्रकरणमा ४ जना दोषी ठहर, मन्त्रीलाई सफाइ

Break n Links
Break n Links

वाइडबडी खरिदमा गरिएको घोटला प्रकरणमा चार जना दोषि ठहर भएको छन्। विशेष अदालतले वायु सेवा निगमका अध्यक्ष शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकारका साथै निगमका सदस्य बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाई दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य तेजनारायणसिंह राई, रितेन्द्र थापाको इजलासले निजहरूलाई बिहीबार दोषी ठहर गरेको हो।

दोषि ठहरभएसँगै तत्कालीन महाप्रबन्धक कङ्साकारलाई २ वर्ष ९ महिना कैद सुनाइएको छ। त्यसमा बिगो रु १ अर्ब ४७ करोड १० लाखको दामासाही हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवाना गरिएको छ।

निगमका सञ्चालक समितिका तत्कालीन अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई १ वर्ष ९ महिना कैद सजाय सुनाइएको छ। उनलार्र्इ दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार ४ सय ५६ जरिवाना भने सोही बराबरको बिगो जफतसमेत हुने फैसलामा उल्लेख छ।

विशेष अदालतले पूर्वसचिव एवं तत्कालीन निगम सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गानालाई १ वर्ष ६ महिना कैद सजाय सुनाएको छ। ढुङ्गानालाई कुल बिगोको दामासाही हुने रु १२ करोड २५ लाख ९० हजार ४ सय ५६ जरिवाना हुने फैसला भएको छ।

पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव बुद्धिसागर लामिछानेलाई १ वर्ष ६ महिना कैद सजाय सुनाइएको छ। उनलाई दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार ४ सय ५६ जरिवाना तोकिएको छ। 

अदालतले जहाज खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीका तीन प्रतिनिधिलाई पनि दोषी ठहर गरेको छ। 

साथै अदालतले तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई भने सफाइ दिएको छ। 

प्रकाशित मिति: : 2024-12-06 06:41:00

प्रतिकृया दिनुहोस्