काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सोमबार बस्दै छ।

बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्ने छ।

बैठकमा गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनपछि रिक्त सदस्यमा पदपूर्तिका विषयमा पनि छलफल हुने बताइएको छ।

साथै भर्खरै भएको स्थानीय तह उपनिर्वाचनको परिणाम र साङ्गठनिक रूपान्तरणका सन्दर्भमा समीक्षा हुने  छ ।

प्रकाशित मिति: : 2024-12-09 08:42:00

प्रतिकृया दिनुहोस्