जनकपुरधाममा बिहानै एक जना पुरुषको शव फेला परेको छ।
जनकपुरधामको विद्यापती चोकस्थित दुर्गा मन्दिर परिसरभित्रै एक जना पुरुषको शव फेला परेको हाे।
जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार ती पुरुष अन्दाजी ४५–५० वर्षका छन्। उनकाे पहिचान भने खुल्न सकेकाे छैन।
शवको मुखमा कुनै वस्तुले प्रहार गरेको देखिएको र छेउमै ईटा पनि फेला परेको धनुषा प्रहरीका प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए।
घटना स्थलमा तालिम प्राप्त कुकुरको टोली परिचालन गरिएको छ।
यस्तै स्थानीयहरुले राती मापसे गरेर केही व्यक्तिले होहल्ला गर्दै गरेको सुनेको बताएका छन्। दिनहुँ मापसे गरेर मन्दिर छेउछेउबाट मान्छेहरु हिडडुल गर्ने गरेकोले आफूहरुले वेवास्ता गरेको स्थानीयकाे भनाइ छ।
घटना सम्बन्धी अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।