छाेराले गरे आमाकाे हत्या

Break n Links
Break n Links

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नंं १ सुन्दरनगरस्थित रातो डाँडामा छाेराले आमाकाे हत्या गरेका छन्।

२१ वर्षीय युवक सरोज परियारले आमा अन्दाजी ४६ वर्षीया पार्वती परियारको हत्या गरेका हुन्। 

आमाको हत्या गरेपछि सरोजले स्थानीय छिमेकीसँग आमाको आँखा फुटालेको बताएका थिए। 

छिमेकीका अनुसार सरोज पहिलेदेखि नै आपराधिक गतिविधिका साथै दुर्व्यसनमा पनि थिए।

अहिले पक्राउ परेका सराेजमाथि आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएकाे छ। 

 

प्रकाशित मिति: : 2025-02-14 11:19:00

प्रतिकृया दिनुहोस्