ढुक्क भएर विकासकाे काम लाग्नुस्, सरकार ढल्दैन–प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकास र सुशासन दिनका लागि एमाले–कांग्रेस एकसाथ मिलेर सरकार गठन गरिएको बताएका छन्।

चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बेधन गर्दै उनले यस्ताे बताएका हुन्। 

प्रधानमन्त्री ओलीले अहिलेको सरकारले नै देश विकसित र सुशासनयुक्त बनाउने बताएका थिए। 

त्यसैगरी ढुक्क भएर देश विकासमा लाग्न अनुरोध गर्दै सरकार ढल्ने हल्ला र चर्चाका पछाडि नलाग्न उनकाे सुझाव थियाे। 

प्रकाशित मिति: : 2025-04-18 14:20:00

प्रतिकृया दिनुहोस्