सोमबार नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे लोत्से हल बानेश्वरमा बस्न लागेको हो।
बैठकमा संसदमा प्रस्तुत भएको बजेट र समसामयिक विषयमा छलफल हुने छ। जेठ १५ गते बजेट पेश भए पनि विपक्षीहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म अवरोध नहट्ने अडान राखेका छन्।