‘न कसैले गाली गर्यो न छलफल भयो, मलाई तैपनि जिताए’- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालगन्ज पुगेर कांग्रेसमा आर्थिक उदारीकरणका विषयमा छलफल र वहस नै हुन छाडेको बताएका छन्।

‘मेरो मुद्दा न कसैले पढ्यो न बुझ्यो, न छलफल नै भयो। मलाई महामन्त्रीमा यसै भोट दिए’ -महामन्त्री थापाले मंगलबार स्थानीय उद्योगी व्यवसायीको छलफलमा यस्तो धारणा राखे।

महामन्त्री थापाले पछिल्लो महाधिवेनमा आफूले उठाएका आर्थिक मुद्दामा ‘न कसैले छलफल गरे न त प्रश्न नै सोधे तर भोट दिएर जिताए’ भन्दै आफ्नो आश्चर्यता प्रकट गरे।

अन्तशुल्कदेखि राजश्वका विषयमा उद्योगी व्यवसायीसँग छलफल गरेका थापाले उदारीकरण, कांग्रेसको आर्थिक नीति र वर्तमान सरकारको कामका बारेमा खुलेर छलफल गरेका थिए।

आर्थिक विषयमा कहाँ चक्यौं र कहाँ के गर्नुपर्ने हो? भन्ने विषयमा महामन्त्री थापाले आफ्ना धरणा राखेका थिए।

आर्थिक उदारीकरणका विषयमा धारणा राख्दै उनले वर्तमान सरकारले गर्नुपर्ने कामका विषयमा सकार सञ्चालन गर्न बनाइएको संयन्त्रमा पहिलो प्रस्ताव गरेको दावी गरे। संसदमा आएको पछिल्लो अध्यादेशका प्रसंगबारे उनले आफ्ना विषय कार्यान्वयन हुने भए काम गर्ने नभए आफूले काम गर्न नसक्ने बताएको जिकिर गरे।

वि.सं. २०५१ सालमा रोकिएको अर्थ व्यवस्थालाई थप लिबरल बनाउने उनको बटमलाइन रहेको धारणा राखेका थिए।

सााजिक सञ्जालमा मिसन पीएमसमेत चलाएका कांग्रेस महामन्त्री थापाले मंगलबार नेपालगन्जमा प्रजातान्त्रिक व्यवसायी संघको छलफल कार्यक्रममा पुँजीवाद, कांग्रेस पार्टी र देशको आर्थिक प्रगतिका विषयमा आफ्ना धारणा राखेका थिए।

कांग्रेस महामन्त्री गगन थापा मंगलबार नेपालगन्ज पुगेर सरकार गठनका बखत भएको सहमतिको कार्यान्वयन हुनुपर्ने कुरा समेत उठाएका छन्।

कांग्रेस कार्यकर्ताहरूलाई क्षेत्रीय सम्मेलनमा सम्बोधन गरेका महामन्त्री थापाले कांग्रेसको संगठन विधिवत सञ्चालनका लागी निर्देशन दिएका थिए।

नेपालगन्जमा महामन्त्री थापाले नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारुलाई नेपाली कांग्रेस प्रवेश गराएका छन्। थारु पूर्व कांग्रेस नेता नै हुन्। अघिल्लो निर्वाचनमा कांग्रेसबाट प्रदेश सभामा प्रतिष्पर्धा गरेका चौधरी पछिल्लो चुनावमा नाउपाबाट प्रतिनिधि सभा संसदको उम्मेद्वार हुँदै कांग्रेस परित्याग गरेका थिए।

गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधि सभा बाँके क्षेत्र नं. ३ मा उम्मेद्वार थिए। जहाँ कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर उम्मेद्वार थिए। क्षेत्रीय सम्मेलन सकेर महामन्त्री थापा पार्टी कार्यकर्ताका आफन्तको देहवसान भएको परिवारलाई भेटेर समवेदना दिन गएका थिए।

कांग्रेस महामन्त्री थपाले बाँके प्रजातान्त्रिक उद्योगी व्यवसायीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए। बाँके क्षेत्र नबर-२ को क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथि रहेका महामन्त्री थापालाई बाँके कांग्रेसले मनग्य स्वागत गरेका थिए।

नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा (क) र (ख)को संयुक्त क्षेत्रिय सम्मेलनका मुख्य वक्ता रहेका महामन्त्री थापालाई नेपालगन्जस्थित राँझा विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए।

क्षेत्रीय सभापति रमेश गुप्ताले आजको सम्मेलन सफल भएको जनाएका छन्।

यसबीच पार्टीको आन्तरिक ध्रुवीकरणमा रहेको कांग्रेस बाँकेमा कोइराला र थापा गुटको खाडल पुर्दै इतर पक्षीय कार्यकर्ताहरूको उत्साह देखिन्थ्यो। यद्यपि संस्थापन पक्षीय कांग्रेस कार्यकर्ताहरूको सहभागिता कम थियो।

खासगरी सहमहामन्त्री राठौरको क्षेत्रमा अर्को पार्टीका कार्यकर्ता प्रवेश गराएको विषयमा असन्तुष्टी रहको बताइन्छ।

बाँके कांग्रेसमा संस्थापन पक्ष, महान्त्री थापा समर्थक, डा. शंशाक कोइराला पक्षधर र डा.शेखर कोइराला पक्षबीच ध्रुवीकरण कायम छ।

प्रकाशित मिति: : 2025-06-03 19:57:00

प्रतिकृया दिनुहोस्