सेफ्टिक ट्यांकीमा खसेर रौतहटमा २ बालबालिकाको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

 रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको मृत्यु भएको हो।

रौतहट प्रहरीका अनुसार दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेका थिए।

उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पताल चपुरमा लगिएको थियो। तर डाक्टरहरुले ८ः१५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2025-06-25 08:32:00

प्रतिकृया दिनुहोस्