विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई ३५ धरौटीमा छोड्न आदेश दिएको छ। आजै उनले विशेष अदालतमा बयान दिएका। त्यसपछि थुनछेक बहस भएको थियो। बहस सकिएपछि विशेष अदालतलले उनलाई धरौटीमा छोड्न भनेको हो।
नेपालको पक्षमा बहस गर्न १०० भन्दा धेरै वकिलहरूले नाम टिपाएका थिए। वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्द बन्दी, रमणकुमार श्रेष्ठ, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवालीलगायत १०० भन्दा धेरै वकिलहरू माधव नेपालको पक्षमा बहस गर्न विशेष अदालत पुगेका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते नेपालसहित पतञ्जली जग्गा हिनामिना प्रकरणमा जोडिएका प्रतिवादीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनको सांसद पद स्वतः निलम्बन भइसकेको छ। अख्तियारले नेपालसहित ९३ जनालाई उक्त जग्गा प्रकरणमा दोषी रहेको भन्दै मुद्दा दायर गरेको थियाे।
000
नेकपा एमालेले बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई लगाएको निलम्बन फुकुवा गरेको छ।
बुधबार बसेको एमाले सचिवालय बैठकले उनीहरूमाथि लगाएकाे निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।
नेकपा एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मीनबहादु गुरुङबाट दान लिने निर्णयको आलोचना गरेपछि गत पुस १० गते पाण्डे र उषाकिरण तिम्सेनाकाे जिम्मेवारी ६ महिनाकाे लागि खाेसिएकाे थियाे।
000
नेपालमा यूरो-६ प्रदूषण मापदण्ड लागु भएको छ।
लामो समयदेखि कार्यान्वयनको बहसमा रहेको यो मापदण्ड सरकारले ‘नेपाल सवारी साधन प्रदूषण मापदण्ड २०८२’ कार्यान्वयनमा ल्याउँदै लागु गरेको हो।
यस मापदण्डअनुसार अब दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको हकमा यूरो-५ र कम्तीमा चार पाङ्ग्रा भएका सवारी साधनको हकमा यूरो-६ मापदण्ड बमोजिमको परीक्षण विधि मान्य हुनेछ।
000
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले रास्वपा र राप्रपालाई संसदीय कारबाहीमा सहभागी बन्न आग्रह गरेका छन्।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले संसद अवरोध गरिरहेका प्रतिपक्ष दलहरूलाई हठ त्यागेर संसदीय कारबाहीमा सहभागी बन्न आग्रह गरेका हुन्।
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले संसदीय व्यवस्थाप्रति विश्वास देखाइरहँदा रास्वपा र राप्रपाले मेरो गोरुको बाह्रै टक्का भनेझैँ हठ गरिरहेको उनकाे जिकिर थियाे।
000
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उमेर हदको विषय विधान महाधिवेशनले टुंगो लगाउने बताएका छन्।
पार्टी सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उनले विधान महाधिवेशनका प्रतिनिधिहरूले उमेर हद लगाउने वा नलगाउने भन्ने निर्णय गर्ने बताएका हुन्।
मार्क्सवादले उमेर हद राख्नुपर्ने र राख्नुनपर्ने केही नभनेकाे उनकाे भनाइ थियाे।
000
क्रिकेटर दीपेन्द्र सिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन्।
प्रहरी सहायक हवल्दार पदमा रहेका उनले केही दिनअघि राजीनमा दिएका हुन्
दीपेन्द्रको राजीनामा स्वीकृत भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले पुष्टि गरे।
राजीनामा पत्रमा उनले घरायसी कारण देखाएको प्रहरीले जनाएको छ।