मुकुल ढकालको रिटमा सर्वोच्चले असार १७ गते दुवै पक्षलाई बोलायो

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री दाबी गर्दै डा. मुकुल ढकालले दिएको रिटमा असार १७ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ।

बिहीबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले दुबै पक्षलाई बोलाएर छलफल गराउने आदेश दिएको हो। 

आफू रास्वपाको महामन्त्री रहेको र पार्टीले निष्कासन गरेको निर्णय गलत रहेको दाबी गर्दै उनले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए।

रास्वपाले ढकाललाई २०८१ भदौ ११ गते साधारण सदस्य समेत नरहने गरी निष्काशिन गरेको थियो। 
 

प्रकाशित मिति: : 2025-06-26 14:40:00

प्रतिकृया दिनुहोस्