न्युजल्याण्डकी प्रधानमन्त्रीद्वारा 'आफ्नै छोरी'का बाबुसँग विवाह गर्ने घोषणा

न्युजल्याण्डकी प्रधानमन्त्रीद्वारा 'आफ्नै छोरी'का बाबुसँग विवाह गर्ने घोषणा। 

यो समाचार शीर्षक कतिलाई हाँसउठ्दो र उट्पट्याङ पनि लाग्न सक्छ। तर, यो सत्य हो कि न्युजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डनले 'आफ्नै छोरी'का बाबुसँग विवाह गर्ने घोषणा गरेकी छिन्।

उनले एउटा कार्यक्रममा आफ्नो बाँयाँ हातको औंलामा औँठी लगाएको देखिएपछि पत्रकारितामा इन्टर्नशिप गरिरहेका एक युवाले सोधेको प्रश्नको उत्तरमा प्रधानमन्त्री कार्यालयले लिखित जवाफ दिएर विवाहको पुष्टि गरेको हो 

प्रधानमन्त्री आर्डन सन् २०१२ मा एउटा पुरस्कार वितरण कार्यक्रममा भेट भएका टेलिभिजनका कार्यक्रम प्रस्तोता क्लार्क गेफोर्डसँग प्रेममा परेकी थिइन्। त्यसयता सँगै बस्दै आएका उनीहरूकी एउटी छोरी जन्मिसकेकी छिन्। अहिले प्रधानमन्त्री आर्डनले उनै छोरीका बाबु गेफोर्डसँग विवाह गर्ने घोषणा गरेकी हुन्। 

आर्डनले प्रेमीबाट गर्भवती भएको घोषणा गर्दै प्रधमनमन्त्री छँदै छुट्टि लिएर छोरी जन्माएकी थिइन्।उनी पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टो पछि पदमा रहँदा आमा बन्ने दोस्रो महिला प्रधानमन्त्री हुन्।

प्रकाशित मिति: : 2019-05-04 22:49:47

प्रतिकृया दिनुहोस्