सन् २०१८ मा ९५ पत्रकार- सञ्चारकर्मीको हत्या, दुईसय ५० गिरफ्तार

सन् २०१८ मा पत्रकार तथा सञ्चारकर्मीका लागि थप ज्यानमारा वर्ष भएको छ। यो वर्ष  ९५ जना पत्रकार तथा सञ्चारकर्मीका मारिएका छन्।अघिल्लो वर्षको भन्दा यो संख्या २४ ले बढी हो । ज्यान जानेमा ९२ जना मारिएका हुन् भने तीनजनाको दुर्घटनामा ज्यान गएको हो।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) ले हरेक वर्ष विश्व प्रेस स्वतन्त्रता दिवशको अवसर पारेर वर्षभरि भएका प्रेस स्वतन्त्रता विरोधी घटनाको विवरण र प्रेस स्वतन्त्रताको अवस्थाको प्रतिवेदन सार्वजनिक गर्ने गर्छ। यो विवरण त्यही प्रतिवेदनको हो। 

सन् २०१८ मा साउदी अरबका पत्रकार जमाल खसोग्गीको हत्याले विश्वव्यापी रुपमा ध्यान आकषिर्त गर्‍यो । गत अक्टोबरमा टर्कीस्थित साउदी कन्सुलेट कार्यालयमा उनको हत्या गरिएको थियो ।घटनापछि साउदी सरकार र टर्कीबीचको सम्बन्ध चिसिनुका साथै साउदी नेतृत्वको विश्वव्यापी भत्र्सना भयो । यद्यपि, हत्यामा संलग्नलाई पक्राउ तथा कारबाही गरिएको छैन ।

सन् २०१८ मा अफगानिस्तान पत्रकारहरूका लागि विश्वकै सबैभन्दा खतरनाक देश मानिएको छ । गतवर्ष अफगानिस्तानमा १६ पत्रकार मारिएका छन् । तीमध्ये ९ पत्रकार राजधानी काबुलमा गरिएको भीषण आक्रमणमा मारिएका हुन् । त्यसैगरी, मेक्सिकोमा ११, सिरिया र यमनमा ८/८, भारतमा ७ र अमेरिकामा ५ पत्रकार मारिएका छन् ।

त्यसैगरी, सन् २०१८ मा ज २ सय ५० पत्रकार आफ्नो व्यावसायिक कार्यका कारण जेल सजाय दिइएको छ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) का अनुसार २०८ मा सबैभन्दा बढी टर्कीमा ६८ जना जेलमा छन् । त्यस्तै, चीनमा ४७, इजिप्टमा २५ र साउदी अरबमा १६ र इरिटि्रयामा १६ पत्रकार कारगारमा छन् । 
प्रकाशित मिति: : 2019-05-05 04:14:21

प्रतिकृया दिनुहोस्