विश्वकप क्रिकेटमा सट्टेबाजी गर्ने तीन जना प्रहरी फन्दामा

बज्र लामा, विद्युतप्रकाश लामा र उमेश कार्की

इंग्ल्याण्ड र वेल्समा जारी विश्वकप क्रिकेटलगायतका खेलहरूमा सट्टेबाजी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले बुधबार विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका २ गोल्चे घर भएका बज्र लामा, विद्युतप्रकाश लामा र रामेछाप घर भएका उमेश कार्की रहेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

उनीहरूले ईन्डियन प्रिमियर लिग क्रिकेट, विश्वकप क्रिकेट, च्याम्पियनसिप फुटबल खेलमा सट्टेबाजी गरी अवैध रूपमा रकम असुली गरेको प्रहरीको दाबी छ।

उनीहरूको साथबाट प्रहरीले एक लाख रुपैयाँसमेत बरामद गरेको छ।

त्यस्तै प्रहरीले खेलमा कनै पनि किसिमको हारजित हुने गरी बाजी राख्ने र खेल्ने कार्य गैरकानुनी भएकोले कोही कसैको प्रलोभनमा नपर्न समेत अनुरोध गरेको छ।

प्रकाशित मिति: : 2019-06-06 15:15:40

प्रतिकृया दिनुहोस्