अफगानीस्तानी अदालतद्वारा घानीको कार्यकाल थप

तस्बिरः एजेन्सी

अफगानिस्तानको सर्वोच्च अदालतले राष्ट्रपति असरफ घानीको कार्यकाल निर्वाचनसम्मका लागि थप गर्न आदेश दिएको छ।

राष्ट्रपति घानीको कार्यकाल आगामी मे २२ मा पूरा हुने तर त्यस समयसम्म अर्को नेतृत्व निर्वाचित हुने सम्भावना टरेका कारण निर्वाचनबाट नयाँ नेतृत्व चयन नभएसम्मका लागि कार्यकाल थप गरिएको हो।

नियमित तालिका अनुसार अफगानिस्तानको राष्ट्रपतीय निर्वाचन यही अप्रिल २० गते हुनुपर्थ्यो तर राजनीतिक खिचातानीका कारण अफगानिस्तानका कतिपय स्थानको निर्वाचन परिणाम घोषणा हुन नसक्दा राष्ट्रपतिको निर्वाचनको मिति दुई पटक सरिसकेक छ । सरकारले जुलाई २० मा राष्ट्रपतीय निर्वाचन सम्पन्न गर्नेगरी तय गरेको तालिका पुनः सरेर सेप्टेम्बर २८ का लागि तोकिएको छ ।

अफगानिस्तानको समाचार संस्था अरिआना न्यूजले अदालतद्वारा जारी विज्ञप्ति प्रकाशन गर्दै भनेको छ, ‘सर्वोच्च अदालतले राष्ट्रपति असरफ घानीको कार्यकाल अर्को नेतृत्व चयन नहुँदासम्मका लागि थप गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अदालतले देशको निर्वाचन आयोगले सामना गरेको आर्थिक, सुरक्षा तथा बन्दोबस्तीको चुनौतिलाई मनन गर्दै राष्ट्रपतिको कार्यकाल केही महिना थप गर्न सहमति दिएको छ ।’

प्रकाशित मिति: : 2019-04-21 23:54:36

प्रतिकृया दिनुहोस्