बिनाभिसा बोलिभिया पुग्दा एयरपोर्टमै बास

पछिल्लो जुनमा दक्षिण अमेरिकी राष्ट्रहरूको भ्रमण मा गएको थिएँ। जीवनभरिमा कम्तीमा १०० देश पुग्ने लक्ष्य अनुरूप २३ औं ब्राजिल, २४ औं बोलिभिया र २५ औं पेरू हुने गरी जाने योजना बन्यो। 

पेरू र ब्राजिलको दूतावास यहीँ फिनल्याणडमा भएका कारण मलाई त्यहाँको भिसा पाउन खासै कठिन भएन।

बोलिभियाको भने दूतावास स्वीडेनमा मात्र रहेछ। भिसाको लागि पासपोर्ट कुरियर गरेरमात्र पठाउनुपर्ने भयो।

सोही बेला थाहा भयो, नेपालीहरूलाई अनअराइभल भिसा दिने न्यून अमेरिकी देशहरूमध्ये बोलिभिया एउटा रहेछ। त्यसैले पनि लुकेर संयुक्त राज्य अमेरिका छिर्न चाहने नेपालीहरू पहिला बोलिभिया हुँदै जाने रहेछन्। अनअराइभल भिसा र स्वीडेनमा लाग्ने भिसा शुल्क लगभग एउटै। मैले पनि एयरपोर्ट पुगेर अनअराइभल भिसा नै लिने निर्णय बनाएँ।

फिनल्यान्डको राजधानी हेल्सिन्कीबाट नेदरल्याण्डको राजधानी एम्स्टर्डम हुँदै ब्राजिलको रियो दे जनेइरो पुगेँ।

त्यहाँ १ दिन बसेर अर्को दिन ब्राजिल अनि दक्षिण अमेरिका कै ठूलो सहर साओ पाउलो पुगेँ।

त्यहाँ गैरआवासीय नेपाली संघ ब्राजिलका अध्यक्ष गणेश गुरुङ, अनि उहाँसँगै बस्नुहुने दिवान गुरुङसँग भेट भयो। उहाँहरूमार्फत् ब्राजिलमा रहनु भएका थुप्रै नेपालीहरूको बारेमा जानकारी पाएँ।

२ दिनको साओ पाउलो बसाइँ पश्चात बोलिभियाको राजधानी लापाज उड्ने योजना अनुरूप विमानस्थल पुगेँ।

मेरो प्लेन बोलिभिया एयरको बोलिभियाको सहर सान्ता क्रुज हुँदै लपाज पुग्ने थियो।

बेलुका ६:२५ मा साओ पाउलोबाट उडेर ८ बजे बेलुका सान्ता क्रुज अनि त्यहाँ १ घण्टा ट्रान्जिटपश्चात ९ बजे राति त्यहाँबाट उडेर १० बजे राति लापाज़ पुग्ने स्केडुयल थियो।

मैले टिकट काट्ने बेलामा १ घण्टा ट्रान्जिट पर्याप्त हुन्छ होला भनेर त्यसरी काटेको थिएँ। मलाई थाहा थिएन कि भिसा जहाँ पहिलो ट्रान्जिट हुन्छ त्यहाँ लिनुपर्ने रहेछ।

पहिलो फ्लाइटमा बोलिभियाको सान्ता क्रुज सहर ८ बजे पुगेँ।

मलाई अध्यागमनमा भिसा मागियो, मैले भिसा छैन अनअराइभल अप्लाई गर्ने हो भनें।

त्यसो भए एकछिन त्यहाँ पर्खनुस् भन्दै कर्मचारीले रोके। अन्य सबै अध्यागमनबाट गए।

प्रकाशित मिति: : 2019-09-07 14:38:18

प्रतिकृया दिनुहोस्