डायनोसर भन्दा पनि पुरानो जीव खजुरो !

तस्बिरः एजेन्सी

खजुरो त तपाईं–हामीले चिनीरहेकै कीरा हो । यस कीरालाई अंग्रेजीमा centipede भनिन्छ । centi को अर्थ सयौं र pede को अर्थ हुन्छ– खुट्टा । अर्थात् centipede को अर्थ हुन्छ–सयौं खुट्टाहरु भएको कीरा ।

साँच्चै नै, मान्छेहरुले खजुरो भन्नेबित्तिकै हज्जारौं खुट्टा भएको कीरा भनेर सोच्ने गर्छन् ।

हुन त सामान्य खजुरोको खुट्टा हामीले सोचेजस्तो त्यतिविध्न ज्यादा चाहिँ हुँदैन । सामन्यतः हामीले देख्ने गरेको खजुरोको पन्ध्रदेखि २० जोडा खुट्टाहरु हुन्छन् । तर युरोपमा पाइने एक किसिमको खजुरोको चाहिँ एक सय सतहत्तर जोडा खुट्टाहरु हुन्छन् । उता दक्षिण युरोपमा पाइने हिमानटटम् गेबियलिस नाम गरेको खजुरोको त १७१ देखि १७७ जोडासम्म खुट्टाहरु हुन्छन् । अझ केही प्रजातिका खजुरोहरुको त ४०० वटासम्म पनि खुट्टा हुन्छन् ।

युरोपमै अर्कोथरि खजुरो पाइन्छ जसको नाम स्क्रूटिगेरा कोलियोप्ट्राटा (Scutigera coleoptrata) हो । १५ जोडीसम्म खुट्टा हुने यो खजुरो सबैभन्दा छिटो हिँड्ने खजुरो मानिन्छ । यो खजुरोले प्रतिघण्टा १.८ किलोमिटर दुरी पार गर्न सक्छ । खजुराको शरीरको लम्बाई त्यको जात अनुसार फरक फरक हुन्छ । सामन्यतः एउटा खजुरोको लम्बाई दुईदेखि सत्ताईस सेन्टिमिटरसम्म पनि हुन्छ । सबैभन्दा ठुलो खजुरो चाहिँ बंगालको खाडीस्थित अण्डमान द्वीप–समूहहरुमा पाइने स्कोलोपेन्ड्रा मोरसीटान्सको एक जाति हो । गिनेस बुक अफ वर्ल्ड रेकर्डसमा उल्लेख भएको  पछिल्लो रेकर्ड अनुसार पेरुभियन जाइन्ट एल्लो लेग सेन्टिपेड (Scolopendra gigantea) सेन्टिपेड हो । १० इन्च आकारको यो खजुरो भेनेजुएलामा फेला परेको थियो । यो खजुरोले मुसा, छेपारो, भ्यागुतो र चमेरासमेतलाई आफ्नो आहारा बनाउने गर्छ ।

https://upload.wikimedia.org

 

त्यसैगरी, सबैभन्दा सानो खजुरो चाहिँ हफम्यान्स ड्वार्फ सेन्टिपेड (Nannarrup hoffmani )  हो । १०.३ मिलिमिटर (०.४ इन्च) लामो यो खजुरोको ४१ जोडा खुट्टाहरु हुन्छन् ।

प्रकाशित मिति: : 2019-09-08 08:41:54

प्रतिकृया दिनुहोस्