डा. बाबुराम र उपेन्द्र यादवको पार्टी एकीकरण: बन्ने भयो समाजवादी पार्टी नेपाल

डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले सहिछाप गरेर सहयात्राको घोषणा गरेका छन्। उनीहरूको हस्ताक्षरले अब नेपालका दुई पार्टी नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपाल एक भएर समाजवादी पार्टी नेपाल बन्नेछ। उनीहरू बीच नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा शनिबार पार्टी एकीकरणका गर्ने सहमति भएको हो ।

उनीहरूले एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी आउँदो वैशाख २३ गते सोमबार पार्टी एकता घोषणासभा हुने उल्लेख छ।

सहमतिअनुसार पार्टीमा दुई अध्यक्ष रहने व्यवस्था गरिएको छ। बरियतामा भट्टराई नम्बर १ र यादव नम्बर २ रहने छन् । भट्टराईले महाधिवेशनपछिको ठूलो निकाय संघीय परिषद्को नेतृत्व गर्नेछन् भने कार्यकारी निकाय केन्द्रीय समितिको नेतृत्व यादवले गर्नेछन्।  

एकीकृत पार्टीको केन्द्रीय समिति २५ सदस्यीय हुनेमा फोरमबाट १६ जना र नयाँ शक्तिबाट ९ जना रहनेछन्।

जसअनुसार वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव राखिनेछ।

उनीहरूले एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी आउँदो वैशाख २३ गते सोमबार पार्टी एकता घोषणासभा हुने उल्लेख छ।

लामो समयदेखि चलेको छलफलपछि दुवै पार्टीबीच एकताको सहमति भएको हो।

प्रकाशित मिति: : 2019-05-04 21:37:39

प्रतिकृया दिनुहोस्