बिप्लव माओवादीका भेरी-कर्णाली प्रमुख बम पक्राउ

तस्बिरः बिएल

नेत्रविक्रम चन्द बिप्लव माओवादीका भेरी कर्णाली इन्चार्ज भरत बम पक्राउ परेका छन्। प्रहरीले बमलाई बुधबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका बमको साथबाट प्रहरीले केही विष्फोटक पदार्थसमेत बरामद गरेको प्रहरी स्रोतले जानकारी दियो। यद्यपी बम पक्राउबारे प्रहरीले केही बोलेको छैन। बम चन्दका विश्वास पात्र रहेको बताइएको छ ।

प्रकाशित मिति: : 2019-05-08 16:49:13

प्रतिकृया दिनुहोस्