विप्लव समूहका उपत्यका इञ्चार्ज पक्राउ

तस्बिरः बिएल

प्रतिबन्धित विप्लव समूहका उपत्यका व्यूरो इञ्चार्ज नवीन बीके पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले बीकेलाई गएराति ललितपुरको बालकुमारीबाट पक्राउ गरेको हो ।

प्रहरीले यसअघिनै उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेको थियो। त्यसपछि विप्लव समूहले लामाले सम्हाल्दै आएको उपत्यका इञ्चार्जको जिम्मेवारी वीकेले पाएका थिए। तर, जिम्मेवारी सम्हालेको केही महिनामै उनी पक्राउ परेका हुन्। प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति: : 2019-09-24 07:23:52

प्रतिकृया दिनुहोस्