अब फाइल बोकेर वैदेशिक रोजगार कार्यालयमा पुग्नुपर्ने बाध्यता हट्यो: श्रममन्त्री बिष्ट

बिएल

श्रममन्त्री गोकर्ण बिष्टले  फाइल बोकेर वैदेशिक रोजगार कार्यालयमा पुग्नुपर्ने बाध्यता हटाइने बताएका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघको २७ औं साधारणसभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री बिष्टले सरकार सबैको अभिभावक भएको काराण वैदेशिक रोजगारीमा जाने कामदारको समस्या प्राथमिकताका विषय भएको बताएका छन् ।

‘हामीले सँधै व्यवसायीका कुरा सुनेका छौं, तर आफ्ना समस्या राख्दा औचित्यपूर्ण हुनुपर्‍यो,’ उनले भने, ‘सरकार सबैको अभिभावक हो, तपाईंहरुको पनि हो, तर वैदेशिक रोजगारीमा जाने कामदारको समस्या प्राथमिकताका विषय हुन् ।’

उनले अनियमित काम गर्ने कर्मचारीबारे गुनासो आएको ५ मिनेटमा त्यहँबाट हटाएको उदाहरण पनि प्रस्तुत गरे । ‘व्यवसायीको समस्याबारे मैले सानो–ठूलो टिममा कयौंपटक छलफल गरेको छु,’ उनले भने, ‘धरौटी वृद्धिको निर्णय पनि सर्वपक्षीय छलफलपछि नै भएको हो । त्यसैले संसदमा गएको प्रस्ताव विनाविवाद पारित भयो ।’अब म्यानपावरहरुले पनि आफ्नो कार्यशैली बदल्नुपर्ने मन्त्री बिष्टको भनाइ थियो । गलत क्रियाकलापहरु नगर्न आग्रह गर्दै उनले शैली बदलेर अघि बढ्दा कामदारको मात्रै नभएर व्यवसायीको पनि हित हुने बताए ।

प्रकाशित मिति: : 2019-09-24 13:37:54

प्रतिकृया दिनुहोस्