पर्साको अमरपट्टीबाट ५५४४ वटा कुखुराको चल्ला बरामद

बिएल

पर्साको बिन्दवासिनी गाउँपालिका–४ अमरपट्टीबाट प्रहरीले बोइलर कुखुराको चल्ला बरामद गरेको छ ।

मंगलबार विहान ३ बजेको समयमा अरमपट्टी प्रहरी चौकीबाट खटेको प्रहरीको गस्ती टोलीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको ५५४४ वटा कुखुराको चल्ला बरामद गरेको जनाएको छ ।

३/४ जनाको समूहमा रहेका मानिसले टाउकोमा कार्टुनभित्र चल्ला राखेर ल्याउँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोली देखिपछि उनीहरु चल्ला छाडेर फरार भएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको कुखुराको चल्लालाई आवश्यक कारबाहीका लागि पशु क्वारेटाइन चेकपोष्ट सिर्सिया बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-09-24 14:04:32

प्रतिकृया दिनुहोस्