सिरी ‘ए’: युभेन्टसको कठिन जित

तस्बिरः एजेन्सी

इटालियन सिरी ‘ए’अन्तर्गत खेलमा युभेन्टसले कठिन जित हात पारेको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले ब्रेसियालमाथि उसकै मैदानमा २–१ को कठिन जित निकालेको हो ।

 युभेन्टसको जितमा मिरालेम पिजानिकले गोल गरे भने एक गोल उपहार पाएको थियो । घरेलु टोलीका लागि अल्फ्रेडो डोनाररुम्माले गोल गरे ।

खेलको चौथो मिनेटमा नै अल्फ्रेडोले गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । ४०औं मिनेटमा जोन चान्सेलरले आत्मघाती गोल गरेपछि युभेन्टस खेलमा फर्किएको थियो ।

 ६३औं मिनेटमा मिरालेम पिजानिकले गोल गरेपछि युभेन्टसले खेलमा २–१ को अग्रता बनायो । त्यसपछि कुनै गोल हुन नसक्दा युभेन्टस २–१ ले विजयी हुन सफल भयो ।

जितसँगै युभेन्टस ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । युभेन्टसले एक खेल कम खेलेको इन्टर मिलानलाई एक अंकले पछि पारेको हो । पराजित ब्रेसिया ६ अंकसहति १२औं स्थानमा छ ।

प्रकाशित मिति: : 2019-09-25 07:44:13

प्रतिकृया दिनुहोस्