के हुन्छ अब महराको सांसद पद ?

काठमाडौं । यौन दूराचारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा सांसद पदबाट निलम्बित नहुने भएका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरे पनि सांसद पद भने रहि रहनेछ । 

फौजदारी न्यायको सिद्धान्तअनुसार प्रहरीले अनुसन्धानका लागि हिरासतमा लगेपछि पद स्वत: निलम्बन हुने व्यवस्था हुनुपर्ने अधिवक्ता यदुनाथ खनालले बताए । तर, प्रतिनिधिसभा नियमावली २०७४ अनुसार अभियुक्त महराको सांसद पद भने निलम्बन नहुने भएको छ । 

नियमावलीको नियम २४४ मा सदस्यको पक्राउको जानकारी सम्बन्धी व्यवस्था गरिएको छ । उक्त नियमको उपनियम ३ मा 'संविधानको धारा १०३ को उपधारा ६ को प्रतिबन्धित वाक्यांश बमोजिम  कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा, वा प्रचलित कानुन बमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भइ पुपर्पक्षका लागि थुनामा रहेको अवस्थामा थुनामा रहेको अवधिभर सदस्यको हैसियतले कुनै कामकारबाही गर्न वा अधिकार वा कुनै उन्मुक्ति प्राप्त हुने छैन ।

प्रकाशित मिति: : 2019-10-07 08:14:55

प्रतिकृया दिनुहोस्