अमेरिकी राजदूत बेरीको दशैं सेलेब्रेसेन : वसुधैव कुटूम्बकम !

दशैको उत्सवलाई महोत्सव बनाउँदै नेपालका लागि अमेरिकी राजदूत बेरी । तस्बिर : अमेरिकी दूताबास काठमाण्डू

नेपालका लागि अमेरिकी राजदूत बेरीले दशैलाई एक चाडका रूपमा मनाएर वसुधैव कुटूम्बकमको अनुपम उदाहरण प्रस्तुत गरेका छन् ।

जन्मजात क्रिश्चियन भएर पनि रातो टीका र पहेलो जमरा लगाएर उनले हिन्दू धर्मको सबैभन्दा ठूलो चाड दशैं मनाएका छन् आफूले पनि टीका लगाएका छन् र अरूलाई पनि टीका लगाइदिएका छन् ।

उनले काठमाडौंस्थित अमेरिकी राजदूताबासलाई नै दशैमय बनाइदिएका छन् । राजदूताबासका कार्यरत् नेपाली मातेर हैन, अमेरिकी पनि नेपाली पहिरनमा सजिएर दशै मनाइरहेको पाइन्छ ।

दशैंको टीका ग्रहण गर्दै राजदूत बेरी । तस्बिर : अमेरिकी दूताबास, काठमाण्डू

राजदूत बेरीको सब़ै धर्मलाई सम्मान र आदर गर्ने यो उदार सोच र कोणबाट खासगरी एउटा धर्ममा मात्र लिप्त भएर अन्य धर्मलाई घृणा गर्ने धर्मभिरूहरूका लागि ठूलो पाठ सिक्न सक्छन् ।

खासगरी हिन्दूबाट क्रिश्चियन हुनेबित्तिकै हिन्दू धर्मप्रति छिछी र दूरदूरको भावना राख्ने नयाँ क्रिश्चियनहरूका लागि यो एक गतिलो 'सांस्कृतिक झापड' बनेको छ । 

 

प्रकाशित मिति: : 2019-10-08 10:01:47

प्रतिकृया दिनुहोस्