सीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी आफैं विमानस्थल जाने

फाइल तस्बिर:बिएल

चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी आफैं विमानस्थल जाने भएकी छन् ।

उत्तरी छिमेकी चीनबाट २३ वर्षपछि नेपाल आउन लागेका राष्ट्रपति तहको भ्रमणलाई ऐतिहासिक बनाउने सरकारको निर्णय छ ।स्रोतका अनुसार राष्ट्रपति भण्डारी सीको विमानसम्मै जानेछिन् ।प्रधानमन्त्रीसहित मन्त्रीहरु भने केही पछाडि रहनेछन् ।

राष्ट्रपति सी भारतको तामिलनाडुको राजधानी चेन्नईबाट २५ असोजको अपरान्ह काठमाडौं आएर भेटघाट शुरु गर्ने कार्यसूची रहेको छ ।एक रात नेपालमा रहने सी २६ असोजको विहान बेइजिङ प्रस्थान गर्नेछन् ।

राष्ट्रपति सी को नेपालमा कार्यतालिका:

राष्ट्रपति सी शनिबार २५ असोजको अपरान्ह तीन बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छन् । राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थमा पुगेर स्वागत गर्ने बताइएको छ ।

त्यसपछि राष्ट्रपति सी सिधै सोल्टी होटलमा प्रस्थान गर्ने छन् । त्यसपछि साढे चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति भण्डारी र सीबीचको भेटवार्तापछि संयुक्त मन्तव्य जारी हुने बताइएको छ ।त्यसपछि राष्ट्रपति सी सोल्टी होटल प्रस्थान गर्ने छन् । पहिलो दिनको कार्यतालिका यतिमै सकिने छ ।

त्यसपछि आइतबार २६ असोजको विहान साढे सात बजे सिमित नेताहरुसँग विभिन्न चरणमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । यस सुचिमा कुन कुन नेताहरुले भेट्ने छन् भन्ने खुलाइएको छैन । यधपी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा लगायतले भेट्ने तय भएको बताइएको छ ।

सोही दिन विहान साढे आठ बजे प्रधानमन्त्री केपी शर्मा ओली र सीबीच द्धिपक्षीय प्रतिनिधिमंडलसहित छलफल हुने छ । छलफलपछि विभिन्न सहमतिमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: : 2019-10-11 13:58:03

प्रतिकृया दिनुहोस्