साफ यू १५ महिला च्याम्पिनयनसिप: बंगलादेशसँग नेपाल पराजित

फाइल तस्बिर

दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यू १५ महिला च्याम्पिनयनसिपमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको छ।

भुटानको थिम्पुमा शुक्रबार भएको खेलमा बंगलादेशका लागि सहेदा अख्तरले  खेलको १२ मिनेटमै गोल गर्दै ब‌ंगलादेशलाई अग्रता दिलाएकी थिइन्। त्यसपछि २५ औं मिनेटमा पेनाल्टी मार्फत कप्तान संसुनहरले गोल गर्दा बंगलादेशले पहिलो हाफमै २–० गोलको अग्रता बनाएको थियो।

दोस्रो हाफमा नेपालले खेल सुधार्दै पटकपटक आक्रमणको प्रयास गरेको थियो। खेलको ६४ औं मिनेटमा अमिसा कार्कीले गोल गर्दै नेपाललाई खेलमा फर्काउन खोजे पनि नेपालले दोस्रो गोल थप्न नसक्दा बंगलादेशसँग २–१ ले पराजित हुन पुग्यो।

जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो पराजय हो।यसअघि नेपाल भारतसँग ४–१ को गोल अन्तरले पराजित भएको थियो। अर्कोतर्फ बंगलादेशले भुटानलाई २–० ले पराजित गर्दै सुखद सुरुवात गरेको थियो।

प्रकाशित मिति: : 2019-10-11 17:37:46

प्रतिकृया दिनुहोस्