युरोकप छनौट २०२०: चेक रिपब्लिकसँग हार्‍यो इङल्याण्ड

तस्बिरः एजेन्सी

युरोकप छनौट २०२० को छनौट खेल अन्तर्गत इङल्याण्ड पराजित भएको छ ।

शनिबार बिहान समुह ए अन्तर्गत भएको खेलमा इङल्याण्ड चेक रिपब्लिकसँग २–१ गोल अन्तरले पराजित भएको हो ।चेक रिपब्लिकको जितमा जेडेनेक अनड्रासेक र जाबुक ब्राबेकले समान एक एक गोल गरे । यता इङल्याण्डका लागि भने एक मात्रै गोल ह्यारी केनले गरे ।

केनले खेलको पाँचौ मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै इङल्याण्डलाई शुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ९ औं मिनेटमा चेकका ब्राबेकले गोल गर्दै खेल १–१ को बराबरी ल्याए ।

पहिलो हाफ बराबरी खेलेको इङल्याण्डले दोस्रो हाफमा थप एक गोल खायो । सब्सटिच्युटको रुपमा आएका चेकका अनड्रासेकले खेलको ८५औं मिनेटमा गोल गर्दै इङल्याण्डलाई हराए ।

जितसँगै चेकले ६ खेलबाट १२ अंक बनाएको छ । चेक दोस्रो स्थानमा रहेको छ ।यता हारपछि पनि इङल्याण्ड ५ खेलमा १२ अंकसहित समुह ए मा शिर्ष स्थानमा रहेको छ।अब इङल्याण्डले आगामी सोमबार बुल्गेरियासँग अर्को खेल खेल्ने छ ।

प्रकाशित मिति: : 2019-10-12 06:45:56

प्रतिकृया दिनुहोस्