बेलुकाको ७ बजिसकेको थियो काठमाडौंको त्रिपुरेश्वरका सडक सुनसान थियो ।सडकका दायाँबायाँ प्रहरी सेना छ्यापछ्याप्ती बसिरहेका थिए । त्यतिकैमा एक २०२२ बर्षकी युवती बस आउने आशामा कहिले सडक छेउ त कहिले पेटिको यात्रा गरिरहेकी थिइन् । सडकमै गस्ती गरिरहेका प्रहरी भने

वास्तवमा ती युवती काठमाडौं कलंकी बस्ने सुम्निमा थापा रहेछिन् । उनि बिशेष कारणले त्रिपुरेश्वरमा रहेका आफन्तको घरमा आएकी रहेछिन् । करिब २ घण्टादेखि बस कुरेर बसेकी उनि धेरै जनासँग लिफ्ट माग्ने प्रयास गरिन, तर उनका सबै प्रयासहरु विफल भए।सबै प्रयास असफल भएपछि उनि हिडेरै गन्तव्र्यतर्फ जान बाध्य भइन।

त्यस्तै काठमाडौं थानकोटकी सजिता महर्जनलाई बानेश्वरबाट थानकोट जानुपर्ने थियो । एक त त्यो रुटमा जाने सवारी साधन कम हुनु र अर्को कुरा आज त्यस रुटमा कुनैपनि सवारी साधन नचल्नाले उनको मनमा घर नपुगिने डर थियो । उनले छेउमै रहेको प्रहरीसँग प्रश्न गदै भनिन् म एक युवती लिफ्ट माग्न पनि कसैको बाइक वा स्कुटि आएको छैन म घर कसरी पुग्न? हिडेर जान पनि नजिक छैन कसरी जानु?

सजिताले प्रश्न गरिरहेका पुलिस अधिकारीको मुखमा भने कुनै जवाफ थिएन । उनले ती युवतीलाई चिनियाँ राष्ट्रपति सी चिनफिङ आएका कारण उक्त रुटमा कुनै सवारी नचल्ने बताइरहेका थिए । त्यसैले उनिसँग पनि हिडेरै गन्तव्र्यतर्फ जानुको बाहेक कुनै विकल्प थिएन।

माथिका दुई पात्र त चिनियाँ राष्ट्रपति सीको भ्रमणको मारमा परेका प्रतिनिधि मात्रै हुन। शनिबार बोश्वरबाट कलंकी र त्रिपुरेश्वरबाट कलंकी हुँदै जाने अन्य रुटका कयौं यात्रुहरु उनिहरु जस्तै मर्कामा परेका थिए ।

२३ वर्षपछि चीनबाट हुन लागेको राष्ट्रपति भ्रमणलाई नेपालले उच्च प्राथमिक्तामा राखेको थियो । राष्ट्रपति सीको भ्रमणलाई लक्षित गर्दै काठमाडौं उपत्यकाभर सुरक्षा व्यवस्था कडा पारिएको थियो।महानगरीय ट्राफिक प्रहरी महाशाखाले भ्रमणको अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई अनुरोध गरेको थियो ।तर राष्ट्रपति सी बानेश्वर हुँदै सोल्टी होटल पुग्दा पनि कुनै सार्वजनिक यातायात भने चलेको थिएन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले असोज २४ गते बेलुका जारी गरेको सुचनामा भ्रमणको अवसरमा असोज २५ र २६ गते मुख्य सवारी मार्गमा पुराना र अवस्था ठीक नभएका सवारीसाधन नचलाउन तथा हर्नको प्रयोग नगर्न सुचना जारी गरेको थियो । तर कफ्र्यु नै लगायसरी सार्वजनिक यातायात कुनै रोक थोक लगाउने सुचना भने जारी गरेको थिएन् ।

तर २५ गते बिहान एक्कासी राष्ट्रपति सी सवार हुने रुटमा दिउँसो १ बजेदेखि बेलुका ९ बजेसम्म सार्वजनिक यातायात नच्ले सुचना जारी गरेको सुइको नपाएपछि यात्रुहरुले सास्ती खेप्नु परेको हो । जनताको भोटले राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै मन्त्री बनेका प्रतिनिधिहरु दिनभरी प्रहरीको स्कटिङ्गामा सवार हुँदा, सर्वसाधारण चढ्ने सवारी साधनलार्इ भने रोक लगाउनुले लोकतान्त्रीक सरकार सञ्चालकको जिम्मा पाएका हुनेखाने मन्त्रीहरुको चरित्रमाथि प्रश्न उठेको छ।

पदमा रहेर समुहले आफ्नो लागि दिनभरी राज्यको स्रोतसाधनलाई परिचालन गरिरहे । तर जनताले पाएको पहिलो प्राथमिकता भने सरकारबाटै रोकथोक लागाइयो। देशको सुरक्षा स्थिति बलियो बनाउने बाहनामा भिजिट नेपाल २०२० अभियान चलाइरहेको बेला रोड नै खालि गर्ने कुचेष्टाले नेपालमा रहेका पर्यटकहरुमा कस्ता सन्देश जान्छ भन्ने कुराको त परै जावोसे सरकारको यो कदमले जनता कतिको मर्कामा पर्ने हुन भन्ने कुराको पनि कुनै ख्याल नगरिएको भान हुन्थो । बिगतको दिनमा पनि बाहिरबाट विदेशी पाहुना आउदा रोडमा सर्वसाधराणको दैनिकी मै असर गर्नगरि सरकारले गर्ने निर्णय यो पटक पनि दोहरीदा कुनै आश्र्चय लागिरहेको थिएन ।


देशको शासन व्यवस्था हाकेका समुहसँग जनताको मार्काको न कुनै पिर देखियो नत कसैप्रतिको सहानुभुति। लोकतान्त्रीक मूल्य मान्यताका आधारमा चलेको सरकारका निम्ती हरेक नागरिक समान हुनुपर्छ भन्ने कुराको ज्ञानसमेत कुनै मोडमा देख्न पाइएन ।


उल्टै सरकारद्वारा जारी संविधानको भाग ३ मा रहेको मौलिक हक र कर्तव्य अन्तर्गत धारा १७ मा रहेको स्वतन्त्रताको हकको उपधारा १ को ङ मा उल्लेख भएको नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रताको व्यवस्थाको नै खिल्ली उडाएको पाइयो । बिगतमा मधेशी दलहरुले संविधानका धाराहरु मानेनन् भनेर तीन हात उफ्रिने नेताहरुले आजभोलि भने आफूले नै बोलेका कुरा बिर्सन पो थालेका हुन की ?

कुनै बैकल्पिक मार्गको व्यवस्था नगरिकनै हतासमा गरेको निर्णयको भरपाइ त सरकारले गर्न नसक्ला तर आउने दिनमा सरकारको निर्णयका कारण जनतालाई भएको दुख तथा असुविधाप्रति सरकारले माफी मागेर अगाडि बढ्नुपर्छ है भन्ने पाठ कहिले सिक्ने हुन अझै पत्तो लाग्न सकेको छ । हरेका कुरामा राजनितिलाई हतियार बनाउदै जनतालाई भेडा बनाउने प्रवृतिले कहिलेसम्म शासन सत्ता चल्ने हो यो कुरा त उनिहरुलाई नै थाहा होला तर शासकले जनतालाई हेर्ने नजर भने परिर्वतन अझै नभएको स्पष्ट रुपमा विदेशी पाहुनाहरुको अगाडि देखाएको छ ।

कानुन भनेको जनताको आदेश पनि हो। जनतालाई स्वीकार्य नियमहरु नै कानुनका रुपमा राज्यले निर्माण गर्दछ। जनतालाई मान्य हुने नियम मात्रै समाजमा लागु हुन्छन्। तर बिगतमा चुनावमा भोगेको नमिठो हारले पार्टीको चुनावी घोषणा पत्र परिर्वतन गर्न खप्पीससरकारले जनताको पिर मर्का हेरेर दुई पानाको निर्णय भने कहिले उल्टाने हुन् ?

नेपालमा बेलाबेलामा भइरहने भीभीआईपी सवारीको बेला सुरक्षा अवस्था बलियो छ है भनेर देखान जनतालाई अपराधिको नजर परिर्वतन गर्न जरुरी छ । किनभने फरियाको सर्कोले छोपेको लाज फरीया खुस्कीएपछि छताछुल्ल हुन्छ । फेरि उक्त लाज कहिले फर्काउन सकिदैन । हाम्रा नेता विदेशको भ्रमणमा जाँदा न कुनै सार्वजनिक विदा दिइन्छ नत दामो समयसँम नै रोड खाली गरेर जनतालाई दुख नै दिने गरिन्छ । उनिहरु हाम्रो देश सुरक्षित छ है भनेर देखाउन कुनै कसरत राख्दैनन् । तर नेपाली शासनको बागडोर सम्हालेर बसेकाहरु भने विदेशीलाई मात्रै होइन हामीलाई समेत जनताबाट डर छ है भनेर देखाउन अग्रसर भएको देखिसकेको छ।

त्यसैले सरकारले यस्ता कमी कमजोरीहरुलाई बेलैमा सच्याउनु पर्न देखिन्छ । अन्यथा, जनताको मौलिक अधिकारलाई अवरोध पुर्‍याउने नियमलार्इ जनताबाटै तोडिन केहि समय लाग्दैन ।

प्रकाशित मिति: : 2019-10-13 00:45:15

प्रतिकृया दिनुहोस्