प्रदेश ५ को मन्दिरमा बसेर भिक्षा माग्न निषेध

फाइल तस्बिर

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले मठ मन्दिरमा बसेर भिक्षा माग्न निषेध गर्ने तयारी भएको बताएका छन् ।

मानव सेवा आश्रमले आइतबार बुटवलमा गरेको एक कार्यक्रममा बोल्दै मन्त्री बरालले सोमबारदेखि सिद्धबाबा मन्दिरबाट भिक्षा माग्न निषेध गरिने र क्रमशः प्रदेशका सबै मठ मन्दिरमा यो नियम लागू गरिने बताए ।उनले माग्ने काम अहिले पेशा जस्तै बन्दै गएको कारण निषेध गर्ने तयारी थालनी भइसकेको बताए ।

'काम गर्न नसक्ने मानिसलाई मानवसेवा आश्रममा ल्याइन्छ तर पेशा नै बनाएर चाहिँ मागेर खान पाइदैन', बरालले भने 'काम गर्न सक्नेलाई सरकारले काम दिन्छ।' 

प्रकाशित मिति: : 2019-10-13 13:55:55

प्रतिकृया दिनुहोस्