सप्तरीमा पटाका पड्काउने क्रममा आगलागी हुँदा घर जल्याे

सांकेतिक तस्बिर

सप्तरीको राजविराजमा पटाका पड्काउने क्रममा आगलागी हुँदा तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

मंगलबार बेलुका ७ बजे राजविराज नगरपालका–८ मा रहेको हिमालय टोलमा स्थानीय शिवेश सिंंहको घरमा पटका पड्काउने क्रममा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

त्यस्तै, आगलागीबाट नगद, जिन्सी, भाँडाकुँडा र सरसमान जलेर नष्ट हुँदा झण्डै तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रकाशित मिति: : 2019-10-30 08:22:35

प्रतिकृया दिनुहोस्