यसरी जन्मियो जीवनकै आशा गुमाएकी कल्पनाको ‘होप क्याफे’

भरतपुरको हाकिमचोक भन्दा केही तल रिजाल चोक छ । रिजाल चोकबाट करिब २ सय मिटर अगाडि पुगेपछि बायाँतर्फ एउटा सानो क्याफे देखिन्छ, होप क्याफे ।

गुलाबी रङ पोतिएको एउटा सानो क्याफेभित्र एक युवती र अर्की किशोरी मःम बनाउनमा व्यस्त थिए ।

रातोपाटीको टोली क्याफेमा पुग्दा रातो कुर्ता र कालो सलवारमा रहेकी एक युवती बाहिर निस्किइन् । उनी थिइन्, होप क्याफेको सञ्चालिका कल्पना अधिकारी ।

हामीलाई देख्ने बित्तिकै हल्का मुस्कुराएर उनी बाहिर निस्किइन्, मानौँ पहिले नै चिनेजानेको व्यक्तिजस्तो ।

सुरुमै उनले के खानुहुन्छ भन्दै अर्डर लिन आइन् ।

हामीले मःमः खाने भनेपछि उनी फेरि भित्र गइन् ।

अनि भित्र रहेकी अर्की किशोरीसँग मिलेर आँटामा किमा भरेर मःमः बनाउन थालिन् ।

केही समयमा मःमः तयार भयो । मःमः लिएर कल्पना बाहिर आइन् ।

प्रकाशित मिति: : 2019-10-30 10:26:57

प्रतिकृया दिनुहोस्