कपिलवस्तु घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

फाइल तस्बिर

राष्ट्रिय मानव अधिकार आयोगले कपिलवस्तुको कृष्णनगरमा गोली लागेर एक जनाको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले सामाजिक सद्भाव कायम राख्दै शान्ति सुव्यवस्था कायम गर्न तथा आफ्ना गतिविधिहरु संयमित रुपमा सञ्चालन गर्नर गराउन नेपाल सरकारलगायत सम्बन्धित सबै पक्षसँग आयोगले आग्रह गरेको छ ।

लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने विषयलाई लिएर स्थानीय दुई पक्षबीचको विवादको क्रममा झडप भएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कर्फ्यू आदेश जारी गरेको र सो क्रममा एक जनाको मृत्यु भएको घटनाबारे अनुसन्धान गर्न आयोगको प्रदेश कार्यालय बुटवलको टोली घटना स्थल पुगेर अनुगमन गरिरहेको आयोगले विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति: : 2019-10-31 18:10:10

प्रतिकृया दिनुहोस्