नेपालमा रहेका प्रतिबन्धित भारतीय रुपैयाँ फिर्ती तीन वर्षपछि पनि अन्यौलमा

भारतले तीन वर्षअघि प्रतिबन्ध लगाएका उसका नोटहरू नेपालबाट फिर्ता लिन नेपालले गरेको आग्रहहरू विफल हुँदै आएको छ।

नेपाल राष्ट्र ब्याङ्कमा प्रतिबन्धित ५०० र १००० का पाँच करोड भारतीय रुपैयाँ रहेको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताएका छन्।

सर्वसाधारणले पनि आफूसँग रहेका त्यस्ता नोट साट्न पाइन्छ भन्ने आशा त्याग्न नसकेको बताउने गरेका छन्।

तर पूर्व डेपुटी गभर्नर कृष्ण मानन्धरले भारतले आफ्ना प्रतिबन्धित नोट फिर्ता लिने सम्भावना अब शून्यमा पुगेको बताउँछन्।

उनी भन्छन्: "भारतका लागि त्यो ठूलो रकम होइन। तर पनि नेपालले बारम्बार आग्रह गर्दा त्यसलाई हेरौँला, छलफल गरौँला भन्नुले फिर्ता लिन नचाहेको देखिन्छ।"

नेपाल र भुटानमा भारतीय नोट सजिलै प्रयोग गर्ने गरिन्छ। भुटानमा भएका आफ्ना नोट भारतले फिर्ता लिइसकेको छ।

प्रकाशित मिति: : 2019-11-11 08:26:01

प्रतिकृया दिनुहोस्