नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीको सपथग्रहण आज

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रिमण्डल पुनर्गठनमा अटाएका ९ नयाँ मन्त्री तथा राज्यमन्त्रीको बिहीबार सपथग्रहण हुँदैछ। राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ माधव शर्माले बिहान ११ बजेका लागि सपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिए।

केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ जना नयाँ अनुहार आएका छन् ।

यसअघिका संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट मन्त्रीबाट हटाइएका छन्।

उनीहरूको ठाउँमा क्रमशः बसन्त नेम्वाङ, हृदयश त्रिपाठी, पार्वत गुरुङ, घनश्याम भुषाल, लेखराज भट्ट र रामेश्वर राय नियुक्त भएका छन्।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानून मन्त्री बनाइएको छ भने कानूनमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्री बनाइएको छ।

त्यसैगरी, मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामबीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री र नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ।

प्रकाशित मिति: : 2019-11-21 08:13:08

प्रतिकृया दिनुहोस्