‘लभ यू हमेशा’मा समावेश ‘यो हावा किन चल्छ’ बोलको गीत सार्वजनिक

फाइल तस्बिर

चलचित्र ‘लभ यू हमेशा’मा समावेश ‘यो हावा किन चल्छ’ बोलको गीत सार्वजनिक भएको छ।

फिलिपिन्सको समुन्द्रमा खिचिएको यो भिडियोमा नायक यशराज र कलाकार ऋचा थापालाई फिचरिङ गरिएको छ। रामजी लामिछानेले भिडियोको कोरियोग्राफी गरेका हुन्।

गीतमा सुधिर राई र मेलिना राइको स्वर, भासुको शब्द तथा संगीत छ। 

भाष्कर प्रधानको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई यवन गुरुङले निर्माण गरेका हुन्।

शिब ढकालको छायांकन रहेको चलचित्रमा गोपाल ढकाल, शिशिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ लगायतका कलाकारको अभिनय छ। यो चलचित्र मंसिर १३ गतेबाट रिलिज हुनेछ।

प्रकाशित मिति: : 2019-11-21 11:57:43

प्रतिकृया दिनुहोस्