बजार अनुगमन गर्न उपसमिति गठन

फाइल तस्बिर

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बजार अनुगमन गर्न उपसमिति गठन गरेको छ। बैठकले कालोबजारी बढेको निश्कर्ष निकाल्दै बजार अनुगमन गर्ने निर्णय गरेको हो।

समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले उपभोक्ताहरुले दैनिक प्रयोग गर्ने खाद्य वस्तुहरुको मूल्य अत्याधिक बढेकाले बजार अनुगमन गर्ने निर्कष निकाले हो।

समिति सदस्य नरबहादुर धामीको संयोजकत्वमा सात सदस्यीय उपभोक्ता हित अनुगमन उपसमिति गठन गरेको छ। समितिमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, प्रकाश रसाईली, लालप्रसाद साँवा लिम्बु, सुजाता परियार सदस्य छन्।

उपसमितिले दूध, पानी, दाल, चामल, तेल, औषधीलगायतका उपभोग्य वस्तुहरुमा भइरहेको कालोबजारी, मूल्यवृद्धि, कार्टेलिङ, सिन्डिकेट, गुणस्तरलगायतको अनुगमन गर्ने छ ।

उपसमितिले एक महिना भित्र बजार अनुगमन प्रतिवेदन बुझाउन भनिएको छ।

प्रकाशित मिति: : 2019-11-24 16:57:07

प्रतिकृया दिनुहोस्