सेफिल्डसँग युनाइटेडले अंक बाढ्याे

तस्बिरः एजेन्सी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले बराबरीमा रोकिएको छ।

आइतबार राति भएको खेलमा युनाइटेडले नव प्रवेशी क्लब सेफिल्डसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाढेको हो।

सेफिल्डको मैदानमा युनाइटेडका लागि ब्राण्डन विलियम्स, मासुन ग्रीनवुड र मार्कोस राष्फोर्डले एक एक गोल गरे ।सेफिल्डका जोन फ्लेक,लेस मोसेट र ओलिभर म्याकब्रुनीले एक एक गोल गरे।

१९ औं मिनेटमा सेफिल्डका जोनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। ५२ औं मिनेटमा मोसेटले गोल गर्दा सेफिल्ड २-० ले अघि रह्यो।

७२ औं मिनेटमा विलियम्सले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने कोशिस गरे। ७७ औं मिनेटमा ग्रीनवुडले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए।

लगत्तै ७९ औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई ३-२ को अग्रता दिलाए। तर, खेलको इन्जुरी समयमा सेफिल्डका ओलिभरले गोल गर्दा खेल ३-३ को बराबरीमा सकिएको थियो।

यो बराबरीसँगै युनाइटेडले १३ खेलबाट १७ अंक जोडेको छ। र, युनाइटेड नवौं स्थानमा उक्लिएको छ। सेफिल्ड १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-11-25 06:43:27

प्रतिकृया दिनुहोस्